भोलिदेखि संसद्को अवरोध हट्छ भन्ने आशा छ : प्रचण्ड

भोलिदेखि संसद्को अवरोध हट्छ भन्ने आशा छ : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब भोलि (आइतबार)देखि संसद्को अवरोध हट्ने बताएका छन्।

शनिबार माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोल्दै उनले संसद् गतिरोध अन्त्यका लागि आफू निरन्तर लागिरहेको बताए।

उनले शनिबार (आज) साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद् गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद् बैठक सुसञ्चालन हुनेमा आशावादी रहेको उल्लेख गरे।

प्रधानमन्त्री दाहालले यसका लागि आफूले सभामुखसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छलफल जारी राखेको बताए।

भदौ २, २०८० शनिबार ११:२१:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।