भुटानी शरणार्थी प्रकरणमा सक्रिय ज्ञवालीसहित पाँच एआईजीको सरुवा

भुटानी शरणार्थी प्रकरणमा सक्रिय ज्ञवालीसहित पाँच एआईजीको सरुवा

काठमाडौ: सरकारले भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सक्रिय श्याम ज्ञवालीसहित पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको सरुवा भएको छ। स्रोतका अनुसार केही दिन अगाडि बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गरेको हो। 

जसअनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्यविभागमा सरुवा गरिएको छ। उनी भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाउन लागि परेका थिए। उनीकै टिमले पूर्वगृहमन्त्री कांग्रेसका बालकृष्ण खाण र पूर्वउपप्रधानमन्त्री एमाले सचिव टोपबहादुर रायमाझीलाई पनि पक्राउ गरेको थियो।

कार्य विभागकी एआईजी मीरा चौधरीलाई प्रशासन विभागमा सरुवा गरिएको छ भने प्रशासन विभागमा रहेका एआईजी दीपक थापालाई भने उपत्यका प्रहरी कार्यालयमा ल्याइएको छ।

उता मानवस्रोत विभागका एआईजी सन्दीप भण्डारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा लगिएको छ। प्रतिष्ठानका एआईजी टेकप्रसाद राईलाई भने मानवस्रोत विभागमा पुर्याइएको छ।

भदौ २, २०८० शनिबार ११:०७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।