रुखमा झुन्डिएको अवस्थामा भेटिए मुसिकोट नगरपालिकाका वडाध्यक्ष

रुखमा झुन्डिएको अवस्थामा भेटिए मुसिकोट नगरपालिकाका वडाध्यक्ष

काठमाडौं : गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रुखमा झुन्डिएको अवस्थामा भेटिएका छन्। 

नेपाली कांग्रेसबाट वडाध्यक्षमा विजयी भएका मोहन घिमिरे शनिबार बिहान रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन्।

उनले आज बिहान मात्रै सामाजिक सञ्जाल (फेसबुक)मा ‘परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुँदो रहेनछ। प्रिय अनिता, साथ निभाउन सकेन। मलाई माफ गरे।  घर परिवार, साथीभाइ, शुभचिन्तक सबैसँग माफी चाहन्छु। अलविदा’ भन्दै स्टाटस लेखेका थिए।

भदौ २, २०८० शनिबार १०:२५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।