दाङबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना, २६ जना घाइते, तीनको अवस्था गम्भीर

दाङबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना, २६ जना घाइते, तीनको अवस्था गम्भीर

मलेखु : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रुबाहक बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन्।

तुलसीपुर दाङबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २६७५ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिएको हो।

बिहान करिब ५ बजे भएको दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।

अन्य घाइतेको मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

जैसवारका अनुसार घाइते सल्यान सबेश्वरी-३ का २४ वर्षीय राजेन्द्र पुन, उनका छोरा ६ वर्षीय आशीष केसी र सल्यान जिल्ला बाघचौर नगरपालिका–१० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर छ।

भदौ २, २०८० शनिबार ०९:४७:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।