बुमराह एक वर्षपछि भारतीय टिममा कप्तान बनेर फर्किए, पहिलो ओभरमै लिए २ विकेट

बुमराह एक वर्षपछि भारतीय टिममा कप्तान बनेर फर्किए, पहिलो ओभरमै लिए २ विकेट

एजेन्सी : भारतका तीव्र गतिका बलर जस्प्रित बुमराहले एक वर्षपछि टिममा कप्तानको रुपमा फर्किंदाजितका साथ पूनरागमन गरेका छन्। बुमराहको कप्तानीमा भारतले पहिलो टी-२० आई खेलमा आयरल्यान्डलाई डकवर्थ लुइस नियमका आधारमा दुई रनले हरायो। 

खेलमा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो। जसका लागि ब्यारी म्याकार्थीले ३३ बलमा ४ चौका र ४ छक्कासहित अविजित ५१ रनको योगदान दिए।

बलिङमा बुमराहले पहिलो ओभरमै दुई विकेट लिएपछि आयरल्यान्ड दवाबमा परेको थियो।

यसपछि जितका लागि १ सय ४० रनको विजयी लक्ष्य पछ्याएको भारतले ६.५ ओभरमा २ विकेट गुमाउँदै ४७ रन बनाउँदा वर्षाले खेल रोकियो।

जहाँ डकवर्थ लुइस नियममा भारतलाई खेल जित्न यही रन नै पर्याप्त भयो। भारतका लागि यशस्वी जैसवालले सर्वाधिक २४ रन जोडेका थिए।

यो जितसँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ।

भदौ २, २०८० शनिबार ०८:३७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।