जर्मन लिगमा ह्यारी केनको डेब्यु खेलमै गोल, बायर्नको विजयी सुरुवात
एजेन्सी : बायर्न म्युनिखले जर्मन बुन्डेसलिगाको नयाँ सिजनको सुरुवात सानदार जितका साथ गरेको छ।
जर्मन लिगमा इंग्लिस कप्तान ह्यारी केनले डेब्यु खेलमै गोल गर्दा बायर्नले वेर्डर ब्रेमेनलाई ४-० गोलको फराकिलो अन्तरले हरायो।
वेर्डर ब्रेमेनलाई उसैको घरेलु मैदानमा हराउन लेरोय सानले २ तथा केन र म्याथिस टेलले १/१ गोल गरेका थिए। खेलको चौथो मिनेटमै खाता खोलेको बायर्नले बाँकी तीन गोल भने अन्तिम १६ मिनेटमा गरेको थियो।
केनले ७०अौं मिनेटमा गोल गर्दै जर्मनीमा गोलका खाता खोलेका थिए।
भदौ २, २०८० शनिबार ०७:४८:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।