पद्मश्रीका लागि छनोटमा परे यी ५ पुस्तक

काठमाडौं : वर्ष २०७९ को पद्मश्री साहित्यिक पुरस्कारका छनोट भएको उत्कृष्ट पाँच पुस्तक सार्वजनिक गरिएको छ।खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले दोस्रो चरणको उत्कृष्ट पुस्तक सूची निकालेको हो।
सुबिन भट्टराईको ‘इजोरिया’, विवेक ओजाको ‘ऐंठन’, डा. देवीप्रसाद सुवेदीको ‘मनु’, प्रदीप रोदनको ‘मफलर’ र डा. नवराज केसीको ‘शून्यको मूल्य’ छनोटमा परेका उत्कृष्ट पाँच पुस्तकहरू हुन्।
१८० पुस्तकबाट पहिलो चरणमा १५ पुस्तक छानिएका थियो। यसपछि निर्णायक समितिले अन्तिम पाँच पुस्तक छनोट गरेको हो। अब यी मध्ये एक पुस्तकलाई पद्मश्री साहित्यिक पुरस्कार-२०७९ प्रदान गरिनेछ।
भदौ २, २०८० शनिबार ०७:३४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।