आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं : आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको केही स्थानहरूमा र बाँकी भूभागको थोरै स्थानहरूमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतिर र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणतिर रहेको छ। हाल भारतको ओडिसा र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव नेपालमा रहेको छ।

राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भदौ २, २०८० शनिबार ०७:१३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।