विद्यार्थीबाट ३ घण्टा थुनिए संस्कृत विश्वविद्यालयका सचिव

विद्यार्थीबाट ३ घण्टा थुनिए संस्कृत विश्वविद्यालयका सचिव

दाङ : नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिब माधव अधिकारी ३ घण्टा आफ्नै कार्यकक्षमा थुनिएका छन्।

शैक्षिक गतिविधि समयमै सञ्चालन गर्न नसकेको विद्यार्थीहरूका समस्यामा बेखवर बनेको भन्दै केन्द्रीय आयुर्वेद विद्यापीठ स्वतन्त्र विद्यार्थी युनियनले आज कुल सचिव अधिकारीलाई ३ घण्टा आफ्नै कार्यकक्षमा थुनेका थिए।

४० दिनमा प्रकाशित गर्नुपर्ने परीक्षाफल सबै प्रक्रिया पुरा गरेर पनि प्रकाशित नगरेका कारण आन्दोलन गर्नु परेको स्ववीयु सदस्य पारस गिरिले बताए। विद्यार्थीहरू सबै प्रक्रियाका बारेमा जानकार नहुँदा घटना भएको विश्वविद्यालयका कुल सचिव माधव अधिकारीले बताए।

आयुर्वेद चिकित्सातर्फ सातौँ सेमेस्टरको परीक्षाफल परीक्षा सुरु भएको ४० दिन भित्र प्रकाशित गर्नु पर्ने नियम रहेको समयमै परीक्षाफल प्रकाशित नहुँदा प्रयोगात्मक अभ्यासमा विलम्ब भएको स्वतन्त्र विद्यार्थी युनियनले जनाएको छ।

स्ववियु र विश्वविद्यालयबिच भएको छलफलमा भदौ १५ गते परीक्षाफल प्रकाशित गर्ने सहमति भएको छ। २ महिना अघि विश्वविद्यालयका ३ स्थानमा लागेको ताला एक साता अगाडि मात्रै खुलेको थियो।

भदौ १, २०८० शुक्रबार २२:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।