भारतीय बाबा धिरेन्द्र शास्त्री प्रवचन दिन नेपालमा

भारतीय बाबा धिरेन्द्र शास्त्री प्रवचन दिन नेपालमा

काठमाडौँ : भारतका चर्चित बाबा बागेश्वर धाम प्रवचनका लागि नेपाल आएका छन्। चौधरी फाउन्डेसनको आमन्त्रणमा उनी शुक्रवार काठमाडौँ आइपुगेका हुन्। उनको नाम धिरेन्द्र शास्त्री हो।

उनी विमानस्थलमा चौधरी समूहका प्रतिनिधि सहित उनका प्रशंसकहरूले उनको स्वागत गरेका थिए।

विमानस्थलमा सामान्य भेसभुसामा उत्रिएका थिए। शुक्रवार पशुपति मन्दिरमा आरतीमा सहभागी भएर केही उच्च तहको भेटघाटपछि उनी शनिवार नवलपरासीस्थित शाश्वत धाममा गएर प्रवचन दिनेछन्।

भदौ १, २०८० शुक्रबार १९:०५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।