चार्टर्ड विमानबाट एकैपटक दुई सयभन्दा बढी बंगलादेशी पर्यटक नेपालमा

चार्टर्ड विमानबाट एकैपटक दुई सयभन्दा बढी बंगलादेशी पर्यटक नेपालमा

काठमाडौं : एकै पटक दुई सयभन्दा बढी बंगलादेशी पर्यटकहरु चार्टर्ड जहाजबाट नेपाल भ्रमणका लागि आएका छन्।

शुक्रबार मध्याह्न दुई सयभन्दाबढी बंगलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो। बंगलादेशी पर्यटकको स्वागतका लागि नेपाल पर्यटन बोर्डका सदस्यहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

उनीहरुले पर्यटकको स्वागतमा नेपाली पञ्चे बाजागाजासहित स्थानीय पहिचान झल्कने नाचगान समेत प्रस्तुत गरेका थिए । बंगलादेशबाट एकसाथ यति धेरै पर्यटक नेपाल आएका हुन्। आज र भोलि (शनिबार) गरेर बंगलादेशबाट करिब सात सय पर्यटक नेपाल आउने बताइएको छ।

नेपाल भ्रमणमा आएका बंगलादेशी पर्यटक शेख अजरफ उद्दिनले नेपाल घुम्नका लागि सही र राम्रो गन्तव्य भएको बताए। उहाँले नेपालमा स्वागत राम्रो पाएको र नेपाल घुम्न आतुर रहेको धारणा व्यक्त गरेका छन्।

भदौ १, २०८० शुक्रबार १४:३७:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।