श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

बर्दिया : आफ्नै श्रीमती ४० वर्षीया केस कुमारी विकको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका–१ सानोडाँफे बस्ने ५१ वर्षीय कृपाल सुनार रहेका छन्। उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

सुनारले आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

भदौ १, २०८० शुक्रबार १४:२०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।