सुशासनको अभियान कुनै हालतमा रोक्दैनौं : गृहमन्त्री क्षेष्ठ

सुशासनको अभियान कुनै हालतमा रोक्दैनौं : गृहमन्त्री क्षेष्ठ

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनको अभियान कुनै पनि हालतमा नरोक्ने दावि गरेका छन्। सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न खोजिरहेको बताउँदै उनले भ्रष्टहरूको धम्कीबाट नडराउने बताए।

शुक्रबार गोरखाको अजिरकोट गाउँपालिका–२ स्थित भच्चेकमा भच्चेक आधारभूत अस्पतालको उद्घाटन गर्दै श्रेष्ठले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरुको धम्कीबाट आफू नडराउने, अप्ठेरोमा पार्न खोजे बरु सरकार छाड्ने उद्घोष गरेका छन् ।

मन्त्री श्रेष्ठले सरकारलाई धम्क्याएर र घेराबन्दी गरेर कसैले आफ्नो सपना पूरा हुन्छ भन्ने नसोच्न पनि आग्रह गरेका छन्। 

‘जुन बिन्दुसम्म पदमा बस्छौं सुशासनको अभियान कुनै हालतमा रोक्दैनौं, देश र जनताका निम्ति प्रतिबद्ध भएर काम गर्छौं,’ उनले भने। 

भदौ १, २०८० शुक्रबार १३:१९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।