विद्युत चुहावट १३.४६ प्रतिशतमा झर्यो

विद्युत चुहावट १३.४६ प्रतिशतमा झर्यो

काठमाडौं : विद्युत चुहावट १३.४६ प्रतिशतमा झरेको छ। नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुलमान घिसिङले शुक्रबार २०८० को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अघिल्लो वर्ष १५.३८ प्रतिशतले रहेको विद्युत चुहावट आर्थिक वर्ष २०७९/८० मा १३.४६ प्रतिशतमा झार्न सफल भएको बताए। 

यो नेपालको इतिहासमा विद्युत चुहावटको हालसम्मकै न्यून विन्दु रहेको समेत सीईओ घिसिङको दाबी छ। सोही प्रतिवेदनमार्फत कार्यकारी घिसिङले निरन्तरको प्रयासबाट विगत ७ वर्षदेखि प्राधिकरण नाफामा गएको बताउँदै वार्षिक १२ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरिरहेको बताए। जसका कारण प्राधिकरणको सञ्चित नाफा ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको उनले बताए। 

विगतका वर्षहरुमा जस्तै आर्थिक वर्ष २०७९/८० मा पनि विद्युत उत्पादनमा वृद्धि, प्रसारण तथा वितरण लाइन विस्तार, विद्युत खपतमा वृद्धि, स्वदेशमा खपत हुन नसकेको विद्युत निर्यात गर्न सफल भएको उनले बताए।

भदौ १, २०८० शुक्रबार १२:३९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।