संसद् सुचारु गराउन सभामुखलाई प्रचण्डले भने : एमालेका नेतासँग थप पहल गर्छु, छिट्टै सहमति गर्नैपर्छ

संसद् सुचारु गराउन सभामुखलाई प्रचण्डले भने : एमालेका नेतासँग थप पहल गर्छु, छिट्टै सहमति गर्नैपर्छ

काठमाडौं : लामो समयदेखि अवरुद्ध संसद्को बैठक नियमित रूपमा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रचण्डले सदनको व्यवधान खुलाउन आफूले पहल गर्ने बताए।

‘म सदन खुलाउन भूमिका खेल्छु । तपाईं पनि लाग्नुहोस्। छिट्टै सहमति गर्नैपर्छ। म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु,’ उनले भने।

राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामङ्गलमा सुन बरामद गरेपछि साउन १० गतेदेखि प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसद्का दुवै सदनको बैठक अवरोध गर्दै आएको छ।

उच्चस्तरीय छानबिन समितिको माग गर्दै भइरहेको अवरोधका कारण सदनको नियमित काम कारबाही अघि बढ्न सकेको छैन। 

शुक्रबारको भेटमा सभामुख घिमिरेले सदन नचल्नु राम्रो भएन भन्दै तत्काल पहल थाल्न प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए।

भदौ १, २०८० शुक्रबार ११:१८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।