तिलहरी लुट्दा लुट्दै प्रहरीको फन्दामा

तिलहरी लुट्दा लुट्दै  प्रहरीको फन्दामा
सांकेतिक तस्बिर ।

दाङ : दाङको तुलसीपुर बसपार्कमा महिलाको तिलहरी लुटेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

आफन्त भेट्न सल्यानबाट दाङ आएकी निर्मला खत्रीको तिलहरी लुट्दा लुट्दै तुलसीपुर उपमहानगरपालिका–१८ का नवीन सुनारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए।

निर्मलालाई आफन्तको घरसम्म पुर्याइदिने भन्दै नवीनले मोटरसाइकलमा राखेर केही पर लगेर तिलहरी लुटेका थिए।

महिला चिच्याएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। डीएसपी मल्लका अनुसार बसपार्क चौकी इञ्चार्ज असई सन्तोष आचार्य कमाण्डको टोलीले नवीनलाई बिहिबार पक्राउ गरेका हो।

भदौ १, २०८० शुक्रबार १०:३३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।