सीआईबीले सुन तस्करी प्रकरणमा समात्यो थप दुई चिनियाँ नागरिक

सीआईबीले सुन तस्करी प्रकरणमा समात्यो थप दुई चिनियाँ नागरिक

काठमाडौं : सुन तस्करी प्रकरणमा प्रहरीले थप दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई गए राति पक्राउ गरेको हो। 

प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार पक्राउ परेकाहरूबारे अनुसन्धान भइरहेको छ। प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन। दुवै जनालाई काठमाडौंबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

गत साउन ३१ गते पनि ब्यूरोको टोलीले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। पक्राउ परेकामाथि अवैध सुन ओसारपसार तथा सङ्गठित अपराध अन्तर्गत मुद्दा चलाइएको छ। सुन तस्करी प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २३ जना पुगेको प्रवक्ता कडायतले बताए।

भदौ १, २०८० शुक्रबार ०९:४२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।