सात ठाउँमा पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध

सात ठाउँमा पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध
फाइल फोटो

ताप्लेजुङ : गए राति गएको पहिरोको कारण मेची राजमार्ग अन्तर्गत ताप्लेजुङ सदरमुकाम–काबेली सडकखण्ड अवरुद्ध बनेको छ। वर्षासँगै सेसम्बुबाट खहरे खोलासम्मका विभिन्न ठाउँमा पहिरो झरेको हो।

खोक्सेबाट खहरेखोलासम्म सात ठाउँमा पहिरो झरेको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले बताए। शुक्रबार बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिए।
 
उनले सम्भव भएसम्म आजै यातायात सञ्चालनमा ल्याउन प्रयास गरिने बताए।

सडक अवरुद्ध बनेपछि ताप्लेजुङ सदरमुकामबाट पाँचथर, इलाम, झापा लगायतका ठाउँमा जाने र सदरमुकाम भित्रिने सवारीसाधन बीच बाटोमै थन्किएका छन्।

भदौ १, २०८० शुक्रबार ०७:५२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।