आजको मौसम : गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : आज (शुक्रबार) देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको केही स्थानहरूमा र बाँकी भूभागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै कोशी, मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

राति भने कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका  केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

भदौ १, २०८० शुक्रबार ०७:१०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।