उकेरा टप फाइभ : सिनेमामा लाग्दा आँखा गुमाएका कमलप्रसादको विगतदेखि काज फिर्ता हुँदासमेत नरदेवी नफर्केका डा. रामदेवको अटेरीपनसम्मको प्रसङ्ग

उकेरा टप फाइभ : सिनेमामा लाग्दा आँखा गुमाएका कमलप्रसादको विगतदेखि काज फिर्ता हुँदासमेत नरदेवी नफर्केका डा. रामदेवको अटेरीपनसम्मको प्रसङ्ग

काठमाडौं : बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल रामेछाप पुगे। त्यहाँ पुगेर उनले आगमी निर्वाचनमा माओवादी केन्द्र २०६४ भन्दा ठूलो शक्ति बन्ने दाबी गरे।

एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा भएको कार्यक्रममा सहभागी भए। उनले त्यहाँ सोमबार बसेको सचिवालय बैठकले कार्यक्रममा कसैलाई आसन ग्रहण नगराउने निर्णय गरेको जानकारी दिए।

यस्तै, सशस्त्र प्रहरीका १२ एसपीको बढुवाको लागि सिफारिस भए।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको निष्पक्ष  छानबिन गर्ने तागत आफ्नो पार्टीसँग मात्र भएको दावी गरे। रास्वपाले सरकारको नेतृत्व गरेको दिन औँलाले गन्न सकिने बाहेकका नेताहरू जेलको छिँडीमा सड्ने चेतावनी दिए।

अब लागौँ उकेरा टप फाइभतर्फः
उकेराले बिहीबार बिहान सर्वोच्च अदालतले सिंहदरबार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशक नियुक्त गरिएका डा. रामदेव यादव नरदेवी अस्पताल नफर्किएको समाचार लेख्यो।
पूरा समाचारः काज फिर्ता हुँदा समेत नरदेवी फर्किएनन् डा. रामदेव, धरासायी बनेको वैद्यखानामा ६ दिनमा ३१ हजारको तेल खर्च

दिउँसो उकेराले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अदालतले पीडित गौशाला २६ की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको समाचार लेख्यो।
पूरा समाचारः सन्दीपको मुद्दामा गौशाला २६ की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश

दिउँसो नै उकेराले आफ्नो नियमित स्तम्भ कोलम अन्तरगत हिजोका कुरामा भेषभुषा डिजाइनर कमलप्रसाद मिश्रको अनुभव समेट्यो।
पूरा समाचारः भेषभुषा डिजाइनर कमलप्रसादका हिजोका कुराः रक्सी खान्न भन्दा फिल्ममा काम पाँइदैनथ्यो

यस्तै साँझपख उकेराले नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम क्षेत्रको हवाई उडानमाथि लगाएको प्रतिबन्ध हटाएको समाचार लेख्यो।
पूरा समाचारः दुर्गम क्षेत्रको हवाई उडानमाथि लगाएको प्रतिबन्ध फुकुवा

राति उकेराले राजनीतिक हस्तक्षेपले प्रहरी सङ्गठनलाई भद्रगोल बनाउँदै आएको सरुवालाई प्रक्रियालाई व्यवस्थित गर्न  प्रहरी प्रधान कार्यालयले सरुवा सम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याएको समाचार छाप्यो।
पूरा समाचारः प्रहरी सरुवामा भनसुन र प्रभाव रोक्न मापदण्ड कार्यान्वयनमा, मापदण्डको आयु शंकामा

​​​​​​​

साउन ३२, २०८० बिहीबार २२:१०:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।