अवस्था ठिक नभएका सवारी चलाउने ४२ चालक कारबाहीमा

अवस्था ठिक नभएका सवारी चलाउने ४२ चालक कारबाहीमा

काठमाडौं : काठमाडौंको कीर्तिपुरमा बिहीबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ४२ ओटा सवारी साधनका चालकलाई  ट्राफिक प्रहरीले कारबाही गरेको छ।

१ सय ३५ भन्दा बढी  सवारी साधन चेक गर्दा ह्याण्डब्रेक ठिक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ४२ ओटा  गरी  सवारी साधन फेला परेपछी चालकलाई कारबाही गरिएको हो।

जसमा पिकअप गाडि १७ ओटा, टाटासुमो १०, बस र हाइस ३–३ ओटा र अन्य सवारी साधन ९ ओटा रहेका छन्।

सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइनेछ।

अवस्था ठिक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पूर्ण चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरे।

साउन ३२, २०८० बिहीबार २१:१६:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।