नेपाली दर्शकले मन पराएनन् रजनीकान्तको जेलर, ४० लाख हाराहारी व्यापार, गदर-२ दुई करोडमाथि

नेपाली दर्शकले मन पराएनन् रजनीकान्तको जेलर, ४० लाख हाराहारी व्यापार, गदर-२ दुई करोडमाथि

काठमाडौँ : नेपाली फिल्म हलहरूमा गत साता एकै दिन रिलिज भएका तीन ठुला फिल्ममध्ये व्यापारको हिसाबले रजनीकान्त अभिनीत जेलर फ्लप भएको छ।

भारतका विभिन्न क्षेत्रमा बम्पर व्यापार गरिरहेको यो फिल्म नेपालमा भने जम्न सकेन। यसले ३८ लाख हाराहारी व्यापार गरेको छ।

भारतमा जस्तै नेपालमा पनि सन्नी देवलको ‘गदर- २ मा दर्शकको आकर्षण देखिएको थियो। भारत- पाकिस्तान सम्बन्धमा आधारित यो फिल्मलाई क्रिटिक्सहरुले त्यति रुचाएको देखिएन। तर बम्पर व्यापार गरिरहेको छ। नेपालमा यसले दुई करोड माथिको व्यापार गरिसकेको छ।

तेस्रो फिल्म अक्षय कुमारको ओएमजी २’ को पनि राम्रै क्रेज देखियो नेपालमा। धर्म र विश्वासमा आधारित यो फिल्मले नेपालमा एक करोडमाथिको व्यापार गरिरहेको छ।

गदर-२ र ओएमजी-२ प्रति अझै पनि दर्शकहरूको आकर्षण देखिन्छ। भोली शुक्रवार दुई नेपाली फिल्म जुलेबी र हिँड्दाहिँड्दै रिलिज हुँदैछ। तर दुवै फिल्मले मल्टिप्लेक्स हलहरूमा राम्रो शो पाउन सकेको छैन।

यौन मनोविज्ञानमा आधारित फिल्म जुलेबीले अधिकांश मल्टिप्लेक्सहरुमा एक शो मात्र पाएको छ भने हिँड्दाहिँड्दैको अवस्था त झन् बिजोग छ। 

साउन ३२, २०८० बिहीबार १७:२०:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।