एमाले र रास्वपाका सांसद बैठकमा नजाँदा लेखा समितिको बैठक बस्न सकेन

एमाले र रास्वपाका सांसद बैठकमा नजाँदा लेखा समितिको बैठक बस्न सकेन

काठमाडौं : एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद नआएपछि सार्वजनिक लेखा समितिको बैठक बस्न सकेन।

समितिको बैठक १ बजेलाई बोलाइएको थियो। समितिको सभापति चयन नभएको भन्दै एमालेका सांसद बैठकमा गएनन्। रास्वपाको सांसद अनुपस्थित हुनुको कारण खुलेको छैन।

दलहरूबीचको सहमतिमा लेखा समितिको नेतृत्व एमालेले पाउने सहमति भए पनि सभापति चयन भएको छैन।

एमालेले पहिल्यै सभापति चयन नभएसम्म बैठकमा सहभागी नहुने जानकारी गराएको थियो। रास्वपाले कुनै समितिको नेतृत्व पाएको छैन।

दुवै दलका सांसद नआएपछि गणपुरक संख्या नपुग्ने भन्दै बैठक स्थगित भएको हो।

साउन ३२, २०८० बिहीबार १६:४६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।