सर्वदलीय बैठक डाक्ने तयारीमा राष्ट्रपति पौडेल

सर्वदलीय बैठक डाक्ने तयारीमा राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले पहिलोपटक सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्।

राष्ट्रपति पौडेलका प्रमुख राजनीतिक सल्लाहकार सुनील थापाले संसद्को अवरोध हटाउने विषयमा छलफल गर्न सर्वदलीय बैठक डाक्ने तयारी भइरहेको बताए।

थापाका अनुसार शनिबार वा आइतबार सर्वदलीय बैठक बोलाइने छ।

‘सर्वदलीय बैठकका लागि पहिले देखि नै कुरा भइरहेको हो। राष्ट्रपतिज्यूले हामीहरूसँग पनि बैठकको तयारीबारे कुरा गर्नुहुन्छ होला’, उनले भने।

रामचन्द्र पौडेल राष्ट्रपति भइसकेपछि सबै दलको नेताहरूसँग भेटेको छैनन्। सबैसँग भेटघाट गरेर अहिलेको परिस्थितिबारे बुझ्न खोजिरहेको प्रमुख राजनीतिक सल्लाहकार थापाले बताए।

गत शुक्रबार राष्ट्रपति पौडेल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग छुट्टाछुुट्टै भेटवार्ता गरेका थिए।

साउन ३२, २०८० बिहीबार १५:०२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।