सन्दीपको मुद्दामा गौशाला २६ की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश

सन्दीपको मुद्दामा गौशाला २६ की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अदालतले पीडित गौशाला २६ की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको छ।

जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाको इजलासले पीडितकी आमाको जन्ममिति प्रमाणीकरण गरेर ल्याउन आदेश दिएको हो।

इजलाससमक्ष पेश भएको गौशाला २६ कि आमाको जन्म मिति दुईवटा देखिएपछि विवाद कायम छ। आमाले ११ वर्षको उमेरमा गौशाला २६ लाई जन्म दिएको भनेर जन्ममिति पेश भएपछि अदालतले यस्तो आदेश दिएको हो।

अदालतले जन्ममिति प्रमाणीकरण प्राप्त भएको एक साताभित्रै पेशी तोक्ने जानकारी गराएको सन्दीपका कानून व्यवसायी सरोज घिमिरेले जानकारी दिए।

सन्दीपको मुद्दामा बिहीबारका लागि अन्तिम सुनुवाइ भन्दै पेशी तोकिएको थियो। तर इजलासमक्ष आमाको दुईवटा जन्ममिति पेश भएर विवाद देखिएपछि यस्तो आदेश आएको हो।

साउन ३२, २०८० बिहीबार १४:२५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।