एमाले कार्यक्रममा अब अध्यक्ष ओलीको फोटो मात्रै प्रयोग गरिने

एमाले कार्यक्रममा अब अध्यक्ष ओलीको फोटो मात्रै प्रयोग गरिने

काठमाडौं : नेकपा (एमाले)ले पार्टीका सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष केपि शर्मा ओलीको फोटो मात्रै प्रगोग गर्ने भएको छ ।

पार्टी मातहत रहने कार्यक्रमलाई व्यवस्थित बनाउन अध्यक्ष ओलीको फोटो मात्र प्रयोग गर्नेसहित पाँच बुँदे मापदण्ड एमालेले बनाएको हो ।  एमालेको यही साउन २९ गतेको सचिवालय बैठकले गरेको उक्त निर्णयबारे सर्कुलर जारी गरिने सो पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो । 


पार्टीका कार्यक्रमलाई सुव्यवस्थित बनाउन पार्टीका कमिटी तथा जनसङ्गठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टीका अध्यक्ष बाहेक अन्य नेताका तस्बिर प्रयोग नगर्ने, मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि तथा वक्तालाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने र कार्यक्रममा आसन ग्रहण गराउनु नपर्ने मापदण्ड बनाइएको छ । 

साउन ३२, २०८० बिहीबार १३:४३:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।