नेपालमा केही पनि हुँदैन भन्ने होइन, गरे के हुँदैन : नेता पुन

नेपालमा केही पनि हुँदैन भन्ने होइन, गरे के हुँदैन : नेता पुन

काठमाडौं : देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउने उद्देश्यका माओवादी केन्द्रले विषयगत विज्ञसँग सुझाव मागेको छ। पार्टीको अर्थ तथा योजना विभागले वर्तमान आर्थिक अवस्थाको सुधारका लागि सरकारले गर्नुपर्ने कामका विषयमा क्षेत्रगत विज्ञहरुसँग सुझाव लिएको हो। 

‘मुलुकको आर्थिक विकासको मोडल र विकास कार्यक्रम’ विषयक अन्तरक्रियाको आयोजना गरी कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधि, सहकारी, भौतिक पूर्वाधार, खानेपानी, इञ्जीनियरिङ, जलस्रोत र वाणिज्यसहित विभिन्न क्षेत्रका जानकारसँग सुझाव लिएको हो। 

माओवादीको अर्थ तथा योजना विभाग प्रमुख एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले देशमै अवसर सिर्जना गरी योग्य श्रमशक्ति पलानयको चक्रलाई रोक्नुपर्ने बताए। उनले नेपालमा नै केही हुन्छ र गर्न सकिन्छ भन्ने भावना जगाउनु जरुरी रहेको उल्लेख गरे।

‘नेपालमा केही पनि हुँदैन भन्ने गलत भाष्य स्थापित गर्न खोजिएको छ। गरे के हुँदैन भन्ने आत्मविश्वास जगाउन जरुरी छ,’ उनले भने। पुनको औद्योगीकरण मार्फत रोजगारी सिर्जना गरेर कामका लागि युवा विदेशिने क्रम रोक्नुपर्ने भनाइ छ। 

साउन ३२, २०८० बिहीबार १२:४८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।