काठमाडौंबाट २२ जना जुवाडे पक्राउ

काठमाडौंबाट २२ जना जुवाडे पक्राउ
सांकेतिक तस्बिर

काठमाडौं :  काठमाडौं महानगरपालिका-१४ बल्खुमा जुवातास खेलिरहेको अवस्थामा ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले बुधबार दिउँसो उनीहरूलाई नगद ७२ हजार रूपैयाँ र १२ बुक तासबुकसहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका–६ कपन सरस्वतीनगरमा जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४५ हजार ४ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हा ।  दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

साउन ३२, २०८० बिहीबार १२:३०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।