आप्रवासी चढेको डुंगा आन्ध्र महासागरमा डुब्यो, ६३ जनाभन्दा बढीको मृत्यु भएको आशंका

आप्रवासी चढेको डुंगा आन्ध्र महासागरमा डुब्यो, ६३ जनाभन्दा बढीको मृत्यु भएको आशंका

एजेन्सी : आप्रवासी चढेको डुंगा आन्ध्र महासागरको मध्यभागमा पल्टिंदा ६० जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ।

बीबीसका अनुसार आन्ध्र महासागरको मध्यभागमा अवस्थित टापु देश केप भर्डेमा भएको दुर्घटनामा केही बालबालिकासहित ३८ जनाको उद्धार गरिएको छ। 

गत महिना सेनेगलबाट आप्रवासी बोकेर युरोपका निम्ति हिंडेको डुङ्गा केप भर्डेको जलक्षेत्रमा दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। 

सेनेगलबाट केप भर्डेतर्फ आइरहेको आप्रवासी चढेको डुङ्गा पल्टिँदा त्यसमा सवार ६३ जनाभन्दा बढीको मृत्यु भएको आशङ्का गरिएको आईओएमले एक विज्ञप्तिमार्फत छ। दुर्घटनामा ज्यान गुमाएका आप्रवासी स्पेन हुँदै युरोपका विभिन्न देशमा शरण लिन घरबाट निस्केका थिए । 

दुर्घटनाग्रस्त डुङ्गालाई माछा समाउन समुद्रमा रहेका स्पेनिस माझीले देखेका थिए। तट रक्षकले भने जीवित र मृत्तकको कुल सङ्ख्या ४८ रहेको बताएका छन् भने स्थानीय शवगृहले सातवटा शव प्राप्त गरेको जनाएको छ। सेनेगलको विदेश मन्त्रालयले  गिनी–बिसाउका एक नागरिक सहित ३८ जनालाई डुङ्गाबाट उद्धार गरिएको बताएको छ।

साउन ३२, २०८० बिहीबार १२:२४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।