सन्दीपको मुद्दा राजुकुमार खतिवडाको इजलासमा, आजै फैसला हुन पनि सक्ने

सन्दीपको मुद्दा राजुकुमार खतिवडाको इजलासमा, आजै फैसला हुन पनि सक्ने

काठमाडौं : नाबालिक बलात्कार आरोप लागेका नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज (बिहीबार) देखि नियमित सुनुवाइ हुने भएको छ।

काठमाडौं जिल्ला अदालतमा आज लामिछानेविरुद्धको मुद्दा न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा ​​​​​​​परेको छ।सन्दीपको मुद्दालाई पहिलो नम्बरमा नै राखिएको छ।

कुनै अड्चन नभए अन्तिम सुनुवाइ भनिएको यस पेसीबाट यो मुद्दाको किनारा लाग्नेछ। आजै मुद्दाको फैसला हुन सक्ने सम्भावना पनि छ। 

सर्वोच्च अदालतले यस मुद्दालाई फास्ट ट्र्याकबाट किनारा लगाउन आदेश दिएको थियो। तर धेरै पटक पेसी चढेर सुनुवाइ भने स्थगित हुँदै आएको छ।

यस अन्तिम सुनुवाइ अगाडि नै नेपाल क्रिकेट संघ (क्यान) ले भने एसिया कप खेल्ने १७ सदस्यीय नेपाली टोलीमा सन्दीपलाई पनि समेटेको छ।

प्राथमिकता क्रममा सन्दीपको मुद्दालाई पहिलो नम्बरमा नै राखिएको छ।

साउन ३२, २०८० बिहीबार ११:१७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।