सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज पेसी, अब नियमित सुनुवाइ हुने
काठमाडौं : नाबालिक बलात्कार आरोप लागेका नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने विरुद्धको मुद्दामा पेसी आज (बिहीबार) को लागि तोकिएको छ।
अन्तिम सुनुवाइ भनिएको यस पेसीबाट यो मुद्दाको किनारा लाग्नेछ। यस मुद्दामा अब काठमाडौं जिल्ला अदालतमा नियमित सुनुवाइ हुनेछ।
यस अन्तिम सुनुवाइ अगाडि नै नेपाल क्रिकेट संघ (क्यान) ले भने एसिया कप खेल्ने १७ सदस्यीय नेपाली टोलीमा सन्दीपलाई पनि समेटेको छ।
यसअघि यस मुद्दामा सन्दीपलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएकोमा उच्च अदालत पाटनले २० लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
साउन ३२, २०८० बिहीबार १०:४२:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।