धादिङमा ४१ करोड बढी विद्युत महसुल उठाउन बाँकी, युनाइटेड सिमेन्टको मात्र २७ करोड ५९ लाख

धादिङमा ४१ करोड बढी विद्युत महसुल उठाउन बाँकी, युनाइटेड सिमेन्टको मात्र २७ करोड ५९ लाख

मलेखु : धादिङमा विद्युतको बक्यौता उच्च देखिएको छ। नेपाल विद्युत प्राधिकरण धादिङ शाखाका अनुसार जिल्लामा रु ४१ करोड ३८ लाख ४५ हजार विद्युत महसुल उठ्न बाँकी छ।

 प्राधिकरण धादिङ शाखाका प्रमुख माधव न्यौपानेका अनुसार धुनिबेसि नगरपालिकामा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगले मात्र रु २७ करोड ५९ लाख ६४ हजार महसुल तिर्न बाँकी छ।

महसुल नतिर्ने एक हजार सात सय ४८ जनाको विद्युत लाइन काटिए पनि एक सय ७७ ग्राहकले अझैसम्म महसुल तिरेका छैनन्। एक सय तीन जना उपभोक्तालाई  प्राधिकरणले कालोसूचीमा राखेको छ। 

लाइन काटेपछि रु चार करोड २६ लाख ७४ हजार असुली गरेको शाखा प्रमुख न्यौपानेले जानकारी दिए। कालोसूचीमा परेका उपभोक्ताबाट रु ३७ लाख १२ हजार असुल गर्न बाँकी छ।

साउन ३२, २०८० बिहीबार ०९:५१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।