भारतको हिमाञ्चल प्रदेशमा बाढी र पहिरोले दुई दिनमा ६१ जनाको मृत्यु

भारतको हिमाञ्चल प्रदेशमा बाढी र पहिरोले दुई दिनमा ६१ जनाको मृत्यु

एजेन्सी : भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा भारी वर्षाका कारण आएको बाढी र पहिरोका कारण पछिल्लो दुई दिनमा मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ ।

सिमलाको समर हिल क्षेत्रमा गएको भीषण पहिरोले क्षति पुर्याएपछि पछिल्लो दुई दिनमा जारी खोजी तथा उद्धार कार्यमा थप १२ जनाको शव फेला परेको छ भने ९ जना अझै हराइरहेका छन्।

भारी वर्षाका कारण काँगडा जिल्लामा बाँध भत्किने जोखिममा परेको छ। यसले तल्लो क्षेत्रमा बाढीको चिन्ता बढाएको छ।

बाढीको जोखिममा परेका ८०० भन्दा बढी मानिसहरूलाई तल्लो इलाकाबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ र कठिन भूगोलमा बाढीको पानीमा फसेका करिब ८० जनालाई उद्धार गरिएको छ।

अहिलेसम्म करिब ३०० सडक र राजमार्गहरूको यातायात प्रभावित भएको छ। हिमाञ्चल राज्य सरकारी अधिकारीहरूले लगातारको वर्षाका कारण ७२० घर र २४१ पसलपूर्ण रूपमा क्षतिग्रस्त भएको र करिब सात हजार १६१ घरमा आंशिक क्षति पुगेको पुष्टि गरेका छन्।

साउन ३१, २०८० बुधबार २०:०९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।