बिमा रकम पाउन आफै टिपर जलाएर निवेदन दिँदा हिरासतमा

बिमा रकम पाउन आफै टिपर जलाएर निवेदन दिँदा हिरासतमा

काठमाडौँ : १३ महिनाअघि प्रदीप कुमार खत्रीले १३ लाख रुपैयाँमा टिपर किने। उनको टिपर उनकै भाइ भीमसेन खत्रीले चलाउने गरेका थिए।

चार महिनादेखि त्यो टिपर बिग्रियो। टिपर बिग्रेपछि ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १२ स्थित ठेचोँस्थित नख्खुखोला कोरिडोर सडक खण्डमा बिग्रिएर थन्किएको थियो।

टिपर किन्दाको रकम तिर्न नसकेपछि उनीहरूले बिमा रकम दाबी गर्न टिपर सञ्चालक प्रदीपको योजनामा टिपर जलाउने योजना बन्यो।

त्यसपछि रङ्ग बहादुर बुढाक्षेत्री र भीमसेन खत्री मिलेर साउन २२ गते टिपर जलाए। आफैँले टिपर जलाएर आगलागी गर्नेको खोजतलास गरी पाउँ भन्दै प्रहरीमा निवेदन समेत दिए।

प्रहरीले अनुसन्धान गर्दै जाँदा उनीहरू आफैँले टिपर जलाएर नक्कली निवेदन दिएको खुलेपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेर हिरासतमा राखेको छ।

साउन ३१, २०८० बुधबार १८:५३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।