भियतनामीको नियन्त्रणमा अर्थमन्त्री महतको फेसबुक पेज

भियतनामीको नियन्त्रणमा अर्थमन्त्री महतको फेसबुक पेज

काठमाडौँ : अर्थमन्त्री प्रकाशशरण महतको आधिकारिक फेसबुक पेज भियतनामीको नियन्त्रणमा पुगेको छ।

पेज ट्रान्सपरेन्सीमा गएर हेर्दा भियतनामबाट ४ वटा फेसबुक आइडीले पेज ह्याण्डील गरेको देखिन्छ। पेजमा जुन  १७ मा अर्थमन्त्रीले गरेको अपडेट छ।

एक महिनादेखि मन्त्रीको सूचना प्रविधि टिम ह्याक भएको पेज आफ्नो नियन्त्रणमा ल्याउन प्रयासरत छन्। तर सफल भएका छैनन्।

टिमले नेपाल प्रहरीको साइबर ब्युरोको समेत सहयोग लिए पनि फेसबुक पेज पूर्ण रूपमा नफर्किएको टिमका एक सदस्यले उकेरालाई जानकारी दिए।

'पेज कसरी भियतनामीको नियन्त्रणमा पुग्यो खुल्न सकेको छैन। पूर्ण नियन्त्रणमा ल्याउन प्रयास भइरहेको छ,' टिमका एक सदस्यले भने।

साउन ३१, २०८० बुधबार १८:३५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।