मोबाइलमा यौनका गफ गर्दै होटेलमा बोलाएर ट्र्यापमा पारेर ४० लाख लुटेको आरोपमा दुई जना पक्राउ

मोबाइलमा यौनका गफ गर्दै होटेलमा बोलाएर ट्र्यापमा पारेर ४० लाख लुटेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ : हनी ट्र्यापमा पारेर ४० लाख लुटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा  आसिका रजल मगर र राजु खत्री रहेका छन्।

कार्यालयका अनुसार उनीहरूले सामाजिक सञ्जाल मार्फत महिलाहरूको समूह परिचालन गराई केही पुरुषलाई फसाउँदै रकम असुल्दै आएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

टेलिफोनमा यौनका कुरा गरेर पुरुषलाई प्रत्यक्ष भेट्ने र झुटा मुद्दा लगाई फसाइदिन्छु भनेर धम्क्याएर आठ वटा चेक काट्न लगाइ रकम लिएको कार्यालयको दाबी छ।

उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट महिलाको प्रयोग गरी खाजा खान रेस्टुरेन्ट बोलाउने, पुरुषहरूको घर ठेगाना, कार्यालय तथा सवारी साधनको सम्पूर्ण विवरण डायरीमा टिप्ने र प्रत्यक्ष भेटेर डर त्रास देखाएर पैसा असुल्ने गरेको देखिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।

साउन ३१, २०८० बुधबार १८:२४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।