लिबियामा द्विपक्षीय  झडपः सत्ताइस जनाको मृत्यु

लिबियामा द्विपक्षीय  झडपः सत्ताइस जनाको मृत्यु

एजेन्सी : लिबियाको राजधानी त्रिपोलीमा दुई प्रमुख सशस्त्र समूहबीच भएको झडपमा २७ जनाको मृत्यु भएको छ।

त्रिपोलीस्थित आपत्कालीन चिकित्सा केन्द्रका अनुसार झडपमा परी एक सयभन्दा बढी घाइते भएका छन्।

सन् २०११ कर्णेल मौमर गद्दाफीलाई अपदस्थ गरेपछि सत्ताका लागि सङ्घर्षरत प्रभावशाली ४४४ ब्रिगेड र अल–रदा बीचको झडप सोमबार राति सुरू भएको हो।

दुवै पक्षबीचको द्वन्द्व अझै जारी रहेको प्रत्यक्षदर्शीले बताएका छन्।

झडपमा ज्यान गुमाउने दुवै समूहका कार्यकर्ता हुन् वा तीमध्ये केही सर्वसाधारण नागरिक पनि थिए भन्नेबारेमा स्पष्ट भएको छैन।

मृतक एवम् घाइतेको अवस्था पनि केन्द्रले खुलाएको छैन।

साउन ३१, २०८० बुधबार ११:४२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।