प्रदीप खड्कालाई भुवनको सुझाव : सिनियरहरूलाई सम्मान गर्दा भविष्य उज्वल हुन्छ

प्रदीप खड्कालाई भुवनको सुझाव : सिनियरहरूलाई सम्मान गर्दा भविष्य उज्वल हुन्छ

काठमाडौं : चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अभिनेता प्रदीप खड्कालाई अग्रजहरूलाई सम्मान गर्न सुझाएका छन्।

ग्लोबल नेपाल फिल्म अवार्डमा सहभागी हुन अमेरिका पुगेका केसीले एक अन्तरवार्तामा खड्कालाई अग्रजहरूको सम्मान गर्दा भविष्य अझ उज्जवल हुने बताएका हुन्।

‘उहाँ(प्रदीप)ले आफ्नो सिनियरहरूलाई रेस्पेक्ट गरेर अगाडि बढ्नुभयो भने अझ उहाँको उज्जवल भविष्य हुन्छ भन्ने मलाई लाग्छ,’ उनले भने, ‘मेरो तर्फबाट सधैँ उहाँलाई शुभकामना रहन्छ।’

मन दुख्यो भन्दै अग्रज कलाकारहरूको अपमान गर्न नहुने भन्दै केसीले आफूहरूले कहिल्यै पनि नीर शाह लगाउतका अग्रज कलाकारको अपमान नगरेको स्मरण गरे।

चलचित्र ‘प्रेम गीत ३’ रिलिजको समयमा अभिनेता खड्काले चलचित्र विकास बोर्डले आफ्नो सिनेमालाई बाइपास गरेको भन्दै बोर्ड अध्यक्ष केसीको राजीनामा मागेका थिए।

प्रदीपको फिल्म लाग्दा कुनै आपत्ति नहुने भन्दै उनले आफूलाई कन्ट्रोभर्सीमा पारेर पनि फिल्म चल्यो भने आफू खुसी हुने बताए।

साउन ३१, २०८० बुधबार १०:०७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।