चार खेल खेलेर सन्यास घोषणा
एजेन्सी : श्रीलंकाका बलिङ अलराउन्डर वानिन्दु हसरंगाले टेष्ट क्रिकेटबाट सन्यास लिएका छन्।
सन् २०२० को डिसेम्बरमा दक्षिण अफ्रिकाविरुद्ध टेस्ट डेब्यू गरेका २६ वर्षीय हसरंगाले टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्।
उनले त्यसपछिमा चारवटा टेष्ट खेलमात्रै खेलेका छन्। उनको अन्तिम टेस्ट सन् २०२१ अप्रिलमा घरेलु मैदानमा बंगलादेशविरुद्ध थियो।
हसरंगाले मंगलबार सन्यास लिने आफ्नो निर्णय श्रीलंका क्रिकेट (एसएलसी) लाई जानकारी गराएका थिए। बोर्डले पनि त्यसलाई स्वीकार गर्यो।
‘हामी उनको निर्णयलाई स्वीकार गर्नेछौँ र उनी ह्वाइट-बलको महत्वपूर्ण हिस्सा हुनेछन् भन्नेमा विश्वस्त छौँ’, श्रीलंका क्रिकेटका सीईओ श्री एश्ले डी सिल्भाले भने।
हसरंगा २०१७ मा एक दिवसीय क्रिकेटमा डेब्यू गरेका थिए। देशका उनले ४८ एकदिवसीय र ५८ टी-२० खेल खेलेका छन्, जसमा कुल १५८ विकेट लिएका छन् भने १३६५ रन बनाएका छन्।
साउन ३१, २०८० बुधबार ०९:१३:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।