भारतको मणिपुरमा २३ वर्षपछि हिन्दी फिल्म प्रदर्शन

भारतको मणिपुरमा २३ वर्षपछि हिन्दी फिल्म प्रदर्शन

एजेन्सी : भारतको हिंसाग्रस्त मणिपुरमा २३ वर्षपछि हिन्दी फिल्म प्रदर्शन गरिएको छ।

भारतको स्वतन्त्रता दिवसको अवसर पारेर अगस्ट १५ मा त्यहाँ हिन्दी फिल्म प्रदर्शन गरिएको समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै भारतीय मिडियाले जनाएका छन्।

भारतले पाकिस्तानमा गरेको सर्जिकल स्ट्राइकको कथामा बनेको फिल्म ‘उरी’ मणिपुरको चुराचन्दपुरमा खुला थिएटरमा देखाइएको हो। फिल्ममा विक्की कौशल मुख्य भूमिकामा थिए।

फिल्म प्रदर्शनको क्रममा रेङकाई (लम्का) क्षेत्रमा ठूलो संख्यामा मानिसहरू उपस्थित थिए।

सेप्टेम्बर सन् २००० मा रिभोलुसनरी पीपुल्स फ्रन्ट (आरपीएफ)ले मणिपुरमा हिन्ली फिल्म प्रदर्शनमा प्रतिबन्ध लगाएको थियो।

प्रतिबन्ध घोषणा गर्दा उनीहरूले राज्यभरबाट संकलन गरेका ६ देखि ८ हजार हिन्दी भिडियो र अडियो क्यासेटसमेत जलाएका थिए।

साउन ३१, २०८० बुधबार ०८:४५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।