गोठालो जाँदा आफैँ बसेको ढुंगाले किचेर महिलाको मृत्यु

गोठालो जाँदा आफैँ बसेको ढुंगाले किचेर महिलाको मृत्यु

काठमाडौं : मकवानपुरमा गोठालो जाँदा बसेको ढुंगाले किचेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको बकैया गाउँपालिका–१ बिजयडाँडाकी ५१ वर्षीया रुपा माया लो धियाल डाँडास्थित जंगलमा गोठालो जाँदा घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

कार्यालयका अनुसार गोठालो गएकी लो ढुंगामा बसिरहेको बेला अचानक ढुंगा पल्टिएर सोहि ढुंगाले किचेर मृत्यु भएको अस्थायी प्रहरी पोष्ट धियालबाट रिपोर्टिङ भएको हो।

घटनास्थल अस्थायी प्रहरी पोष्टबाट ६ घण्टा पैद दूरीमा पर्ने र मृतकको घरबाट अन्दाजी तीन किलोमिटर उत्तर पर्ने भएकाले घटनास्थल ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट नजिक पर्ने भएकाले समन्वय भइरहकोसमेत प्रहरीले जनाएको छ।

साउन ३१, २०८० बुधबार ०८:३०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।