महालक्ष्मी विकास बैंक पुरस्कृत

महालक्ष्मी विकास बैंक पुरस्कृत

काठमाडौं : महालक्ष्मी विकास बैंकिङ तथा इन्स्योरेन्स इन्स्टिच्यूसन अफ नेपाल (बीएफआईएन)बाट प्रदान गरिने अवार्डबाट पुरस्कृत भएको छ।

बैंकले गोल्ड श्रेणी अन्तर्गतको पुरस्कार प्राप्त गरेको हो। सोमबार काठमाडौंमा सम्पन्न समारोहका बीच बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले महालक्ष्मी विकास बैंक मानव संशाधन विभागका प्रमुख विशालराज कार्कीलाई पुरस्कार हस्तान्तरण गरेका हुन्।

पुरस्कार पाएपछि कार्कीले बैंकले ग्राहकको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घतासमेत जनाए।

साउन ३१, २०८० बुधबार ०८:००:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।