शाही परिवारको बहुमूल्य क्रिष्टल सरकारले खोस्यो, किष्टल गोरखा दरबारमा राखिने, शाही परिवारलाई पुरस्कार दिने

शाही परिवारको बहुमूल्य क्रिष्टल सरकारले खोस्यो, किष्टल गोरखा दरबारमा राखिने, शाही परिवारलाई पुरस्कार दिने

काठमाडौँ : गोरखाको एक स्थानीयको घरमा रहेको क्वार्ज क्रिष्टललाई ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा भन्दै गोरखा दरबारमा राखिने भएको छ। मन्त्रिपरिषद्को मङ्गलवारको बैठकले यस्तो निर्णय गरेको हो।

पुस्तौँदेखि गोरखा नगरपालिका सतिपीपलस्थित राममाया शाहीको घरमा रहेको क्रिष्टल असार १४ गते प्रहरीले आफ्नो नियन्त्रणमा लिएको थियो। उनीहरूले सो क्रिष्टललाई कुलदेवताको रूपमा मान्दै पूजा गर्दै आएका थिए। शाही परिवारका सदस्यले क्रिष्टलको तस्बिर खिचेर सामाजिक सञ्जालमा राखेपछि हल्ला भएको थियो।

खानी तथा भूगर्भ विभागको टोली गोरखा गएर गरेको अध्ययनमा सो ढुङ्गा क्वार्ज क्रिष्टल भएको खुलेसँगै त्यसलाई कहाँ राख्ने भन्नेबारे हानथाप सुरु भएको थियो।

विभागले आफ्नो काठमाडौँमा रहेको कार्यालयमा राख्न चाहेको थियो भने स्थानीय पालिकाले गोरखामै। मङ्गलवार बसेको मन्त्रीपरिषद्को बैठकले बहुमूल्य क्रिष्टललाई ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाका रूपमा गोरखा दरबारमा राख्ने र सो पत्थर जसको हो उनीहरूलाई संरक्षण गरेको भन्दै पुरस्कार दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

साउन ३०, २०८० मंगलबार २१:५०:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।