म्यानमारको खानीमा गएको पहिरोमा पुरिएकामध्ये १९ जनाको शव निकालियो

म्यानमारको खानीमा गएको पहिरोमा पुरिएकामध्ये १९ जनाको शव निकालियो

एजेन्सी : म्यानमारको उत्तरी काचिन राज्यमा रहेको जेड खानीमा गएको पहिरोमा परी ज्यान गुमाएकामध्ये १९ जनाको शव निकालिएको छ।

‘स्थानीय समयअनुसार मंगलबार दिउँसो साढे २ बजेसम्म १९ वटा शव निकालिएको थियो। मृतक सबै पुरुष रहेको पाइएको छ। खोजी र उद्धार कार्य जारी छ’, हपाकान्त प्रहरी चौकीका एक प्रहरी अधिकारी हान विन ह्लिङले  सिन्ह्वालाई बताएका छन्।

स्थानीय समयअनुसार आइतबार म्यानमारको जेड उद्योगको केन्द्र हपाकान्तको माना गाउँ नजिकैको जेड खानीमा ३० जनाभन्दा बढी मानिस बेपत्ता भएका थिए।

घटनास्थलमा सोमबारदेखि विभिन्न उद्धार संस्थाले खोजी तथा उद्धार कार्य गरिरहेको स्थानीय उद्दारकर्ताले बताएका छन्।

साउन ३०, २०८० मंगलबार १९:५४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।