राष्ट्रपति पौडेलले भारतीय समकक्षीलाई दिए बधाई तथा शुभकामना

राष्ट्रपति पौडेलले भारतीय समकक्षीलाई दिए बधाई तथा शुभकामना

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय समकक्षी द्रौपती मूर्मूलाई बधाई तथा शुभकामना दिएका छन्।

भारतको ७७औं स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रपति पौडेलले भारतीय समकक्षीलाई शुभकामना दिएका हुन्।

राष्ट्रपति कार्यालयको सामाजिक सञ्जालमा लेखिएको छ, ‘भारतको ७७औँ स्वतन्त्रता दिवसको अवसरमा, सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र भारतका राष्ट्रपति महामहिम श्रीमती द्रौपदी मूर्मूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।’

भारतले इस्ट इन्डिया कम्पनीबाट स्वतन्त्र भएको अवसरमा हरेक वर्ष १५ अगस्टमा स्वतन्त्रता दिवस मनाउँछ। त्यसको एक दिनअघि १४ अगस्टमा पाकिस्तानले स्वतन्त्रता दिवस मनाउने गर्छ।

On the occasion of the 77th Independence Day of India, Rt. Hon’ble President Ramchandra Paudel has extended his warmest greetings and best wishes to the President of the Republic of India, Her Excellency Smt. Droupadi Murmu. @rashtrapatibhvn

— President of Nepal (@OOP_Nepal) August 15, 2023

साउन ३०, २०८० मंगलबार १८:३२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।