अक्षय कुमारले लिए भारतीय नागरिकता
एजेन्सी : अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन्।
उनले आफ्नो ट्वीटरमा भारतीय नागरिकता प्रमाणपत्रको तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएका हुन्।
अक्षय कुमारले तस्बिर राखेर लेखेका छन्, ‘दिल र नागरिकता दुवै हिन्दुस्तानी हुन्। स्वतन्त्रता दिवसको शुभकामना। जय हिन्द।’
५५ वर्षीया अक्षय कुमार अहिलेसम्म क्यानडाको नागरिक थिए। १४ वटासम्म फिल्म फ्लप भएपछि उनले बलिउडमा आफ्नो भविष्य नदेखेर क्यानडाको नागरिकताको लागि आवेदन दिएका थिए र पाए पनि।
सन् २०१९ मा भएको लोकसभा निर्वाचनमा सहभागी नभएपछि उनको नागरिकता र राष्ट्रियताको विषयमा सामाजिक सञ्जालमा बहस हुन थाल्यो। धेरै प्रयोगकर्ताहरूले उनको नागरिकतामाथिसमेत प्रश्न गरेका थिए।
त्यसपछि भने उनले भारतीय नागरिकताका लागि आवेदन दिएका थिए। अक्षय कुमारको जन्म सन् १९६७ सेप्टेम्बर ९ मा भारतको राजधानी दिल्लीमा भएको थियो।
साउन ३०, २०८० मंगलबार १७:३८:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।