पार्टी कार्यालय पुगे भीम रावल, अध्यक्ष ओलीसँग भेट

पार्टी कार्यालय पुगे भीम रावल, अध्यक्ष ओलीसँग भेट

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच भेटवार्ता भएको छ।

पार्टी कार्यालय, च्यासलमा ओली र रावलबीच भेटवार्ता भएको हो। गतवर्ष चितवनमा भएको दशौं महाधिवेशनमा ओलीसँगै रावलले पनि अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। तर, उनी पराजित भए।

त्यसपछि पार्टीको कुनै पनि कमिटीमा नबसेका रावललाई गतवर्ष संसदीय निर्वाचनमा एमालेले टिकट समेत पत्याएन।

जिल्ला र क्षेत्रबाट निर्विरोध चयन भएर आएका उनलाई ओलीको प्रत्यक्ष हस्तक्षेपमा टिकट दिइएको थिइन।

उनको स्थानमा झपट बोहरालाई टिकट दिए पनि उनले जित्न सकेनन्। त्यहाँबाट एकीकृत समाजवादीका शेरबहादुर कुँवरले जित हात पारे।

रावललाई टिकट नदिएपछि अछाम लगायत कर्णाली र सुदूरपश्चिममा उनका पक्षधरले एमालेको औपचारिक कार्यक्रम नै बिथोल्नसमेत खोजेका थिए।

एकपटक परिस्थिति यस्तोसम्म भइसकेको थियो कि एमालेले उनलाई कारबाहीसमेत गर्ने चेतावनी दिएको थियो।

साउन ३०, २०८० मंगलबार १७:११:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।