चिन जान विमानस्थल पुगेका तीन चिनिया पक्राउ, सिआइबीको नियन्त्रणमा

चिन जान विमानस्थल पुगेका तीन चिनिया पक्राउ, सिआइबीको नियन्त्रणमा

काठमाडौँ : चीन जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका तीन चिनिया नागरिक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सुन तस्करीमा संलग्न रहेको शङ्का गरेका तीन चिनिया नागरिक पक्राउ परेका हुन्।

ब्युरो स्रोतका अनुसार पक्राउ पर्नेमा झाओ हुई, जोङ छ्याङ र ताङ जिङ रहेका छन्। उनीहरू चिन जान विमानस्थल पुगेका थिए। तर उनीहरू पहिल्यै कालोसूचीमा रहेकाले उड्न भ्याएनन्। विमानस्थल प्रहरीले नियन्त्रणमा लिएर ब्युरोलाई जानकारी गराएपछि ब्युरोले नियन्त्रणमा लियो।

यस अगाडि पक्राउ परेका दुई चिनिया नागरिक भने रिहा भएका थिए। उनीहरूलाई राजश्व अनुसन्धान विभागले पक्राउ गरेको थियो। मुद्दा विभागबाट ब्युरोमा आएसँगै आरोपीहरू पनि ब्युरोको हिरासतमा आइपुगे। अनुसन्धानमा उनीहरू संलग्न नदेखिएको भन्दै ब्युरोले रिहा गरेको थियो।

साउन ३ गते राजस्व अनुसन्धान विभागले सिनामंगलबाट १५५ किलो ‘ब्रेक सु’ फेला पारेको थियो। मङ्गलवार ब्रेकसुमा रहेको सुन पगालेर जोख्दा ६० किलो निस्किएको थियो।

अहिले सिआइबीको हिरासतमा चिनिया, भारतीय र नेपाली नागरिकहरू छन्। तस्करीमा संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। 

साउन ३०, २०८० मंगलबार १७:०९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।