नेप्सेमा दोहोरो अंकको गिरावट आउँदा म्युचल फन्डमा २८ प्रतिशतको बढोत्तरी
काठमाडौं : कारोबार हुने साताको तेस्रो दिन शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आयो।
मंगलबार नेप्से ३१.८० अंकले घटेर २०४५.४४ विन्दुमा झर्यो। यस्तै सेन्सेटिभ इन्डेक्स ६.२९ अंकले घटेर ३९१.८४ विन्दुमा आयो।
म्युचल फन्डबाहेक अन्य उपसूचक यसदिन राताम्मे रहे। म्युचल फन्ड भने २८.९० प्रतिशतले बढ्यो। यस्तै उत्पादन तथा प्रशोधन समूह ४.२६ प्रतिशतले घट्यो।
नेप्से घटे पनि कारोबार भने दुई अर्ब माथिकै रह्यो। यसदिन २७८ कम्पनीका ५६ लाख ३ हजार १७९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १५ करोड ७३ लाख बराबरको कारोबार भयो।
कारोबारमा सबैभन्दा बढी हिमालयन डिस्टिलरी २० करोड ५५ लाखका साथ पहिलो स्थानमा रहँदा दोस्रोमा शिवम् सिमेन्ट छ।
उसको आज १८ करोड ५ लाखको कारोबार हुँदा तेस्रो स्थानमा ७ करोड ६२ लाखसहित सोल्टी होटल छ।
साउन ३०, २०८० मंगलबार १५:२१:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।