तस्करीबाट आएको सुनको तौल ६० किलो ७१६ ग्राम

तस्करीबाट आएको सुनको तौल ६० किलो ७१६ ग्राम

काठमाडौं : साउन २ गते त्रिभुवन विमानस्थलबाट तस्करी भएको सुनको वास्तविक तौल ६० किलो ७१६ ग्राम भएको छ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा गालेर सुन जोख्दा तौल ६० किलो ७१६ ग्राम देखिएको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए।

नेपाल राष्ट्र बैंकले स्कुटरको ‘ब्रेक सु’सहितको सुन जोग्दा १५५ किलोग्रा भएको थियो। उक्त तौल ब्रेक शु, त्यसको कार्टुन र अन्य कच्चा पदार्थ निकाल्दा सोमबार ६० किलो ७७९ ग्राम आएको थियो।

मंगलबार गाल्दा धेरै ठूलो जर्ती नगएर ६० केजी ७१६ ग्राम मात्रै भएको हो। यसमा जर्ती ७३ ग्राम मात्र गएको उनको आचार्यको भनाइ छ।

पगालिएको सुनबाट ३५ वटा बिस्कुट बनेका र त्यसको गुणस्तर परीक्षणको रिपोर्ट एक ढिलोमा एक साताभित्र थाहा पाइने उनले बताए।

साउन ३०, २०८० मंगलबार १५:१०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।